डिसहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने, नयाँ नयाँ सिनेमा हेर्न सकिने

काठमाडौं । विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिसहोमले संचालन गरिरहेको छ । पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवारसंग बसेर हेर्न सकिने सिनेमाघर च्यानल कम्पनीले सञ्चालन गरिरहेको छ ।

डिसहोमले सिनेमाघर च्यानल नं. १०८ र ८८८ सफलताका साथ संचालन गरिरहेको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिसहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पु-याएको छ ।

यही भाद्र १९ गते शुक्रबारदेखि सिनेमाघर च्यानल नम्बर ५५५ मा आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ आदी अभिनित तथा साम्तेन भुटिया निर्देशित हाँस्यप्रधान् रमाइलो चलचित्र ‘चच हुइ’ प्रदर्शन हुँदैछ ।

सिनेमाहलका पहँुच नभएका दुरदराजका ग्राहकहरुले अब छानीछानी नयाँ नयाँ नेपाली सिनेमा सपरिवारसंगै बसेर सजिलै हेर्न पाउने भएका छन् ।

आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ । साथै डिसहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिसहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

सिनेमाघरले सुरुवातबाट नै ग्राहकहरुको माया पाएको थियो । जसको उदाहरण सुरुवातमानै प्रदर्शनमा आएको धुम २ सिनेमाले गरेको उल्लेख्य व्यापारले प्रमाणित गरेको छ । सिनेमाघरले दुर दराजमा रहेका र सिनेमाहलको पहुँच नभएका ग्राहकका लागी नयाँ सिनेमा हेर्न सहज वनाएको छ ।

विभिन्न समयमा प्रदर्शनमा आएका सिनेमाहरु रुद्र प्रिया, जय भोले, दालभात तरकारी, पोइ प¥यो काले, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, रातो टिका निधारमा, घामडी सेरे, आमा, ए मेरो हजुर ३, छक्का पञ्जा ३, कोपिलाले उत्कृष्ट व्यापार गर्न सफल भयो ।
जसका कारण ग्राहकलाई मनोरञ्जन र चलचित्र निर्माताहरुलाई थप आम्दानीको बाटो थपिएको छ ।

डिसहोमले सिनेमाघरमा प्रदर्शन हुने चलचित्रको सुरक्षालाई पनि विशेष ध्यान दिने गर्दछ । सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्रको पाइरेसी हुन नदिनका लागी चलचित्र अन्य माध्यम माफर्त रेकर्ड भएको पाईएमा सेट टप वक्स ट्रयाक गर्ने सिस्टमको विकास समेत गरेको छ । विगत १० वर्ष देखी डिश मिडिया नेटवर्क लिमिटड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ ।

नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिसहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसंगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ । डिसहोमका ग्राहकहरुको सहजताका लागि २४ सै घण्टा संचालन हुने ग्राहक सेवा केन्द्र, देशको विभिन्न स्थानमा कम्पनीको आफ्नै सर्भिस सेन्टर, हरेक गाउँपालिका र नगरपालिकामा डिलर, सवडिलर, सर्विस फ्रेन्चाईज र प्राविधिक उपलव्ध, फण्ड ट्रान्सफर मार्फत सजिलै रिचार्ज गर्ने सुविधा, ग्राहकहरुको मनोरञ्जनका लागी आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु रमाईलो, एक्सन स्पोर्टस, गुञ्जन, के पप, भोजपुरी म्याजिक जस्ता च्यानलहरु सञ्चालन गरिरहेको छ । साथमा ग्राहकहरुको सुविधाको लालि मिसकल मार्फत क्रेडिट सेवा लिन सकिने सुविधा कम्पनीले दिएको छ । क्रेडिट सेवा लिनका लागी ९८०११२२३३३ मा मिसकल गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *