प्रदेश १ मा थप ११२ जनामा कोरोना सङ्क्रमण

धरान । प्रदेश १ मा आज (शनिवार) १ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी मोरङका ४७ जना छन् ।

यस्तै, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९ जना, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका १ जना नयाँ सङ्क्रमित थपिएका छन्।

मोरङको विराटनगरमा मात्रै आज २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये महिला १० र पुरुष ११ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै, मोरङको कटहरिमा ६ महिला र ९ पुरुष, पथरी शनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहबीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी, झापाको दमकमा ७ महिला र ९ पुरुषमा सङ्क्रमण देखिएको छ । झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आजसम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २१६ पुगेको छ ।

प्रदेश १ मा आज (शनिवार) ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *