कुलमान घिसिङको समर्थनमा धरानमा प्रदर्शन, पुनः नियुक्तिको माग

धरान । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै धरानमा प्रदर्शन भएको छ ।

नेपाललाई लोडसेडिङमुक्त गर्न योगदान दिएका घिसिङलाई नै पुनः कार्यकारी निर्देशकमा नियुक्ति दिन सरकारले आलटाल गरेपछि धरानमा प्रर्दशन गरिएको हो ।

प्रर्दशन अभियानका अभियन्ता हर्क साम्पाङको नेतृत्वमा भानुचोकमा दिउँसो १ बजे शान्तिपूर्ण प्रर्दशन गरिएको हो । नेपालमा १८ घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको बेला प्राधिकरणमा नियुक्ति पाएका घिसिङले लोडसेडिङ अन्त्य गरेको र संस्थालाई नाफामा लगेकोले उनको समर्थनमा प्रर्दशन गरिएको साम्पाङले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *