पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण पाटन अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंकी ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको पाटन अस्पतालका निर्देशक प्राडा रवि शाक्यले जानकारी दिए ।

५१ वर्षकी महिलामा सामान्य ब्लड प्रेसर भएको र भक्तपुरकी महिलाको स्वास्थ्यमा खराबी नदेखिएको पनि उनले बताए ।

उनीहरु दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =