सिरहाका ८४ वर्षिय पुरुषको वीपी प्रतिष्ठानमा निधन

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहा भदैया ६ का ८४ वर्षिय पुरुषको गएराती उपचारको क्रममा निधन भएको हो ।

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार राती ११ः२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

८४ वर्षिय पुरुष भदौ ६ गते प्रतिष्ठानको इमरजेन्सीमा आएका थिए । उनलाई अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्यरो आएको थियो । उनी मृगौला रोगी भएको र डायलाइसिस समेत गर्दै थिए ।

उनलाई कोरोना पोजेटिभ भएको भदौ ७ गते थाहा भएको थियो । हाल नियमानुसार शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ । याे सँगै प्रतिष्ठानमा काेभिडकाे उपचारकाे क्रममा मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *