प्रदेश १ः थप ७४ जनामा काेराेना पुष्टि, २० जना डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ मा आज (शुक्रबार) ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४/१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २/२ पुरुषमा संक्रमण देखिएको छ ।

उता झापाको कमलगाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ ।

यस्तै प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमकका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको आज मृत्यु भएको हो । याेसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी प्रदेश १ मा आज नै २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आइसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । आजको थप अपडेटसँगै प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८५ हजार २०२ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *