पार्टीभित्र निर्वाचन नभए काँग्रेस ५० बर्ष प्रतिपक्षमा रहन्छः अजाद

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किँदै गएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् ।

नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि अनिर्णित हुँदै सकिएपछि थप पार्टीभित्र निराशा बढेको पाइएको छ । पार्टीलाई तत्काल पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको बताउँदै आएका वरिष्ठ नेता गुलाम नावी अजादले पार्टीमा तत्काल निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहने बताए ।

असन्तुष्टि व्यक्त गर्दै पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई केही दिन पहिले पत्र लेख्ने नेताहरु मध्यका एक अजादले पार्टी भित्र तत्काल नेतृत्वको आवश्यकता रहेकोमा फेरी जोड दिएका हुन् । निर्वाचित संरचना पार्टीमा बन्यो भने मात्रै त्यसले संगठन निर्माण र परिचालन गर्न सक्ने र र निर्वाचनमा पनि राम्रो नतिजा उनको भनाइ छ ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतीय काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । गत सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएका छन् ।

नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए ।

भारतीय काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्विकार गर्दै आएका छन् । गएको आम निर्वाचनमा पार्टीलाई सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिँदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा केही समय अस्विकृत हुँदै उनलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उनले अस्विकार गरेपछि पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो । उनलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो । (रासस/एएनआई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *