चितवनमा १९ गतेसम्म निषेधाज्ञा थपियो, बैंकहरु निश्चित समय खुल्ने

चितवन । चितवनमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । पहिलो पटक थपिएको समय शुक्रबार राती सकिँनै लागेकाे अवस्थामा दोस्रो पटक पुनः ७ दिन निषेधज्ञा थपिएको हो ।

पहिलाको तुलनामा बैंक तथा वित्तिय संस्थालाई केहि खुकुलो पारिएको छ । बैकं तथा वित्तिय संस्था टोकन प्रणाली लागु गरेर सिमित संख्याका ग्राहकलाई मात्रै सेवा दिनेगरि दिउँसो १ बजेसम्म खोल्न पाउने भएका छन् । त्यस्तै अत्यावश्यक सामाग्री खरिदको लागि बेलुकीकाे समयमा केहि हेरफेर भएको छ ।

यसअघि बेलुका ५ देखि ८ बजेसम्म खुल्ने पसल अब ६ देखि ८ बजेसम्म खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए । बिहान अत्यावश्यक सामान खरिदको लागि पहिलेकै समय यथावत् गरिएको छ । बिहान ८ देखि १० बजेसम्म त्यस्ता पसल खुल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *