यस्ता छन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गरेका २२ निर्णय आज सार्वजनिक भएका छन् ।

आज(बिहीबार) बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कृषि विकासका लागि अनतर्राष्ट्रिय कोषबाट(आएफएडी)बाट ११ अर्व ६५ अर्व बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको बताए ।

यस्तै बैठकले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बताए ।

यस्तै हङकङ र ल्हासा महावाणिज्यदुतावासमा दूत बनाई पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उदयबहादुर राना मगरलाई परराष्ट्र मन्त्रालय अन्तर्गत सरुवा गर्ने निर्णय भएको बताएका छन् ।

प्रवक्ता डा. खतिवडाका अनुसार सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ ।

यस्ता छन् निर्णय :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977023988″ /]

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *