सेयर बजार करेक्सन, करिब दुई अर्बको सेयर कारोबार

काठमाडौं । आज सेयर बजारमा सामान्य करेक्सन भएको छ । पछिल्लो एक सातामा पहिलो दिन १२.७७, दोश्रो दिन २१.२६, तेश्रो दिन ९.३४ र हिजो चौथो दिन २१.१० अंकले बढेको शेयर बजार आज भने झिनो अंकले घटेको हो ।

शेयर बजार ४ अंकले घटेको हो । ०.२७ प्रतिशतले घट्दा नेप्से परिसूचक १४५८.०४ अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज १८८ कम्पनीका ४९ लाख ६७ हजार ४ सय ३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपियाँ बराबरको कारोबार भयो । आज निर्जीवन बीमा, उत्पादनमूलक र जीवन बीमा समूहमा हरियाली छाए पनि बाँकी अन्य समूह भने राताम्मे भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *