बुटवल कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

काठमाडौं । बुटवलको कोरोना विषेश अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकी नगरकी ७० वर्षीय महिला र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुष रहेका छन् ।

गत २६ श्रावणमा कोरोना पोजिटिभ देखिएकी महिला गत ३१ श्रावणमा अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी ५ भदौमा कोरोना पोजिटिभ पुष्टि भएपछि पुरुषलाई पनि उपचारका लागि बुटवलमा रहेको कोरोना विषेश अस्पतालमा भर्ना गरिएको थियो ।

यसरी भर्ना भएका उनीहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *