विराटनगरमा कोरोना : थप एकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ११ की ४४ वर्षीया महिलाको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार दिउँसो अस्पताल भर्ना भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले मकालु खबरलाई जानकारी दिए ।

प्रमुख राठौरका अनुसार संक्रमित महिलालाई श्वासप्रश्वसमा समस्या देखिएको थियो भने उनको हिजो बेलुका नै कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पताल श्रोतका अनुसार संक्रमित महिलालाई निमोनिया देखिएको थियो । विराटनगरमा हालसम्म ११ जनाको मृत्यु भइसकेको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *