६० लाखको लगानीमा धरानमा यसरी बन्दै बधशाला, यी हुन् निर्माणका उद्देश्य

धरान । सुनसरीको धरानमा स्थानीय युवा व्यवसायीहरुको लगानीमा सुविधासम्पन्न बधशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

धरान उपमहानगरपालिका वडा नं. ६ पानवारीमा २ करोडको बधशाला निर्माण गर्ने योजना रहेपनि हाल सम्ममा ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्नका लागी अन्तिम चरणमा ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

यस्तै बाँकी १० प्रतिशत कार्य जारी रहेको छ । बधशाला निर्माणका बारेमा बुधबार (आज) पत्रकार भेटघाट गरी बधशाला निर्माणबारे जानकारी गराएको सञ्चालकमध्येका एक व्यवसायी जेन्टल लावतीले जानकारी दिए ।

बधशालामा ४ जना युवा व्यवसायीहरुको लगानी छ भने बधशाला निर्माण गर्ने ६० लाखको परियोजना सफल हुनै लागेको र यही अशोज १ गतेबाट पूर्ण रुपमा तयारीमा ल्याउने लावतीले बताए ।

१ विगाह १२ कठ्ठा जग्गालाई युवा व्यवसायी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनका सह–संयोजक मदन तामाङ, ईन्द्र फोम्वो, सुमन चोम्जोङ र जेन्टल लावतीले लिजमा लिई सो बधाशालाको निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो ।

निजी लगानीमा नै निर्माण गरिएको सो बधशालाको मुख्य उद्देश्य धराने जनतालाई स्वस्थकर मासु दिनुका साथै धरानेहरुले बाटोमा नै जथाभावी रुपमा सुँगुर लगायतका मासु काट्ने हुँदा त्यस्ता प्रवृत्तिको अन्त गरी विभिन्न रोगहरुको माहामारीबाट बचाउने तथा सागसब्जी र सबै किसिमका माछा मासुको परिकार देशभरीका जनतासम्म पु¥याउनु नै रहेको सञ्चालक मदन तामाङले बताए ।

उनका अनुसार सो बधशालामा उतपादन भएको मासुजन्य पदार्थको देशभरी नै उत्पादन पु¥याउने तथा युवाहरुलाई रोजगार बनाउने पनि हो । सोही बधशालाको अन्य स्थानहरुमा कुखुरा, बाख्रापालन गर्ने तथा सागसब्जी उत्पादन गर्ने किसानदेखि मासु विक्री गर्ने व्यवसायी सम्म सहकार्य गरी पु¥याउनु रहेको छ ।

त्यस्तै तामाङका अनुसार शहरीकरणको परिवेशमा यस प्रकारको बधशाला धरानमा आवश्यकता भएको हुनाले आधुनिक परिवेशमा बधशाला निर्माण गरिएको समेत बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनको १५ लाख आर्थिक सहकार्यमा निर्माण हुन लागेको बधशालामा धराने कालो बंगुरको ब्राण्डलाई समेत स्थापित गर्दै लगिने सञ्चालकहरुले जनाएका छन् ।

सोही बधशालाले नेपालमा नै पहिलो पटक मासुमा गुण्स्तरीयताको छापसहित बजारमा विक्री वितरणका लागि लगिनेछ । जसका लागि सरकारको रोहबरमा नै स्वास्थ्यकर मासुको उत्पादन समेत गरिनेछ ।

केन्द्रीय ,प्रदेश तथा स्थानीय सरकाले नै मासुजन्य पदार्थको क्षेत्रमा लागानी समेत गरिरहेको अवस्थामा यस बधशाला सञ्चालन भएपछि दैनिक रुपमा ४० देखी ५० बटा सम्म बंगुरको प्रसोधन सहतिको मासु तयार हुने सञ्चालक तामाङको भनाइ छ ।

देशकै सबैभन्दा बढी सुँगुरको मासु खपत हुने धरानमा दैनिक रुपमा ४ देखी ५ हजार किलोको हाराहारीमा मासुको विक्री वितरण हुँदै आएको छ । सार्वजनिक तथा निजी लगानीमा निर्माण हुन लागेकाले यो परियोजनामा १२ हजार महिला किसान र ३ सयभन्दा बढी मासु व्यवसायी सहभागी हुने हेफरले जनाएको छ।

उता नेपाल सरकारले उपभोक्तालाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुला बध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पशुलाई पीडारहित बधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिका जारी गर्दै आएको भएपनि पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको दुई दशक पूरा भए पनि हालसम्म यसको कार्यान्वयन हुन सकेको छैन ।

तर धराने ती युवा व्यवसायीहरुले बधशाला निर्माणमा विगतमा भएका कमीकमजोरीहरुबाट पाठ सिक्दै बधशालाको दिगो व्यवस्थापन तथा सञ्चालन गर्ने वाचा गरेका छन् ।

धरान बंगुर बधशाला नाम दिई निर्माण हुँदै गरेको बधशालामा पहिलो चरणमा बंगुर मात्रै बध गर्न मिल्ने बनाइने छ भने बवस्तारै राँगा, खसी–बोका लगायतका पशुहरुको बध गर्न सकिने सञ्चालकहरुको भनाइ छ ।

तस्वीरः भरतराज शर्मा, मकालु खबर।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *