एनओसी सूचारु गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई एनओसी प्रदान गर्ने कार्य सूचारु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षा मन्त्रालय २०७६ फागुनबाटै रोकेको एनओसी पुनः सूचारु गर्ने निर्णय भएको मन्त्रिपरिषद्का एक सदस्यले मकालु खबरसँग भने । यद्यपि, मन्त्रिपरिषद्काे निर्णय प्रमाणीकरण भने हुन बाँकी रहेकाे छ ।

विश्वव्यापी कोभिड–१९ का कारण विश्वकै शैक्षिक अवस्था ठप्प रहेको र अन्तराष्ट्रिय विमानस्थलहरु समेत बन्द रहेकाले सरकारले एनओसी लगाएर अर्बोड स्टडी सम्बन्धी सबै कार्यहरु बन्द गरेको थियो ।

सरकारले गत चैत्र ३ गतेको निर्णय बमोजिम विदेश अध्ययनमा नै रहेका नेपाली बिद्यार्थीहरुको कलेज, बिषय र तह परिवर्तन एवम भारतमा चिकित्साशास्त्रमा अध्ययनरत बिद्यार्थीका लागि भने एनओसी दिँदै आएको छ ।

लामो समयदेखि एनओसी बन्द हुँदा विदेश अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, अफर लेटर प्राप्त गरेका विद्यार्थी, भिसा लागेका विद्यार्थीहरुमा अन्याैलता छाएकाे थियाे । भने, शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू समेच मारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *