निषेधाज्ञा एक साता लम्ब्याउन सिफारिस

काठमाडौं । उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ ।

मंगलबार उपत्यकाका तीन जिल्लाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हो ।

निषेधाज्ञाबारे निर्णय भइनसकेको र माथिको आदेश पर्खिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।

यस अघि उपत्यकाका तीन जिल्लाका जिल्ला अधिकारीहरुले भदौ ३ को मध्यरातिबाट लागू हुने गरी एक सातका लागि निषेधाज्ञा लागू गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *