शेयर बजार ९.३४ अंकले बढ्यो, पुनर्बीमाका लगानीकर्ताले कमाए सबैभन्दा बढी

काठमाडौँ । शेयर बजार आज ९.३४ अंकले बढेको छ । साताको पहिलो दिन १२.७७ र दोश्रो दिन हिजो २१.२६ अंकले बढेको बजार आज पनि ९.३४ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.६५ प्रतिशतले बढ्दा परिसूचक १४४०.९४ अंकमा उक्लिएको छ । आज १८९ कम्पनीका ३९ लाख ४० हजार ६ सय ९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपियाँ बराबरको कारोबार भयो ।

आज नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७.६९ प्रतिशतले नाफा कमाएका छन् भने पुनर्बीमा कम्पनीकै शेयर आज सबैभन्दा बढी किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *