उपत्यकाका तीन जिल्लाका सीडीओको बैठक बस्दै, फेरि लम्बिएला निषेधाज्ञा ? 

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा सकिनै लाग्दा मंगलबार उपत्यकाका तीन जिल्लाका सिडीओहरुको बैठक बस्न लागेकाे छ ।

गत बुधबार मध्यरातिदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा लागू गरिएको निषेधाज्ञा भोलि मध्येरातिबाट सकिँदै छ । यसकाे  प्रभावकाे  समिक्षा गरी फेरि लम्ब्याउने या हटाउने भन्ने विषयमा छलफल तथा निर्णय गर्न तीनै जिल्लाका सीडीओकाे संयुक्त बैठक बस्न लागेकाे हाे । बैठक दिउँसाे ४ बजेतिर बस्ने छ ।

उपत्यकामा संक्रमण बढीरहेकाे अवस्थामा निषेधाज्ञा लम्बिन सक्ने आँकलन गरिएको छ । साेमबार मात्रै उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएकाे थियाे । काठमाडाैंमा १७७, भक्तपुरमा १४ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।

संक्रमित बढेकै कारण निषेधाज्ञामा कडाइ समेत गरिएकाे छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले हाेल्ड राखि जरिवाना समेत गर्ने गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =