नेकपा कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मङ्गलवार छलफल हुने(प्रतिवेदन पूर्ण पाठसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदनमाथि भोली(मंगलबार)छलफल हुने भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले एक साताको गृहकार्यपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिवेदनमा दुबै अध्यक्षको अधिकार बाँडफाटसहितका प्रस्ताव रहेका छन् ।

नेकपा भित्रको आन्तरिक विवाद समाधानका लागि गठित उक्त कार्यादलले प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र समाधान, कोविड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक–सामाजिक पुनरुत्थान र शान्ति प्रकृयाका बाँकी कामहरुसम्बन्धी प्रस्ताव राखेका छन् ।

अध्यक्षद्वयले उक्त प्रतिवेदनमाथि छलफल गरिसकेपछि थप नुसन्धानका लागि सचिवालयमा लगिनेछ । त्यसपछि स्थायी कमिटीमा लैजाने तयारी नेताहरुले गरेका छन् । कार्यदल साउन ३० गते गठन भएको थियो ।

यस्तो छ कार्यदलको प्रतिवेदन :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977023510″ /]

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =