वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको सफल डेलिभरी

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आज कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् ।

प्रतिष्ठानमा पहिलो पटक कोभिड संक्रमित गर्भवती महिलाको सफल रुपमा डेलिभरी गराइएको हो । उनको आज साँझ करिब ६ बजे डेलिभरी गराइएको हो ।

विराटनगर २ मोरङकी २० वर्षिय गर्भवती महिलाले आज छोरी जन्माएकी प्रतिष्ठानमा प्रवक्ता डा. दिनेश सापकोटाले बताए । ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ, बच्चाको तौल २.८ केजी रहेको छ ।’ डा. सापकोटाले भने ।

ती महिलाले नर्मल डेलिभरीबाटै बच्चा जन्माएकी हुन् । प्रतिष्ठानले अप्रेशन गर्नुपर्ने अवस्था आएमा सोको समेत तयारी गर्दै सुरक्षाका उपायहरु पनि तयारी अवस्थामा राखिएको थियो ।

ती महिलाको डेलिभरी प्रतिष्ठानका प्रसुती विभागका डा. सुर्यप्रसाद रिमालको निगरानीमा डा. हिमाल, डा. मुकेश तथा नर्स सिरिनद्वारा गराइएको प्रतिष्ठानले जनाएको छ ।

भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएकी ती महिलाको भदौ ३ गते कोरोना पोजेटिभ देखिएको थियो । प्रतिष्ठानमा कोरोना उपचारका लागि लेवल ३ अस्पताल तयार गरीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =