डेढ सय चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौँ। वीरगञ्जका डेढ सय चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आफूहरूका माग सम्बोधन नभएको भन्दै वीरगञ्जका निजी अस्पतालका १ सय ५० चिकित्सकहरूले आज सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सकहरूले एक साता अघि आफू कार्यरत अस्पताल प्रशासन, नेपाल चिकित्सक सङ्घ, जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे माग पेस गरेका थिए। उक्त सात दिने अल्टिमेटमको कुनै पनि सुनुवाइ नहुँदा राजीनामा दिनु परेको चिकित्सहरुको भनाइ छ ।

आफूहरूले अघि सारेका मागबारे कुनै पनि सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको र भोलिदेखि काममा नजाने समेत मेडिकल अफिसर एसोसिएसन अफ वीरगञ्ज संर्घष समितिका महासचिव डा. रामएकवाल राय यादवले जानकारी दिए।

उनीहरूले एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टिनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना सङ्क्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्ने माग राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *