वीपी प्रतिष्ठानमा २२ वर्षिय कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ ८ गते

तस्विरः फायल
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका लागि ल्याइएका गोविन्दपुर मलहाना–२ लहानका २२ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको हो ।
ती युवाको सोमबार दिउसो ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती संक्रमित भदौ २ गते प्रतिष्ठानमा आएका थिए । उनमा अत्याधिक खोकी, स्वास फेर्न समस्या र ज्वरो समेत थियो । उनी लागू पदार्थ सेवनकर्ता रहेको र उनलाई मुटुको समेत समस्या देखिएको थियो ।
योसँगै वीपी प्रतिष्ठानमा कोरोना संक्रमणको उपचारको क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अहिले शव ब्यस्थापनका लागि नियमानुसार काम भइरहेको छ ।
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित









