महामारीका बेला सरकार मौन रहनु दुर्भाग्यपूर्ण : डा. शशांक कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना महामारीको अवस्थामा सरकार मौन रहनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । महामारी बेला समेत भ्रष्टाचारमा लिप्त सरकारले जनताको सेवा र सुरक्षालाई ध्यान नदिएको उनको टिप्पणी छ ।
जनताको जिउधनको रक्षामा अहोरात्र खदिनुको सट्टा सरकार राजनीतिक अभिष्ट पूरा गर्न सत्ताको राजनीतिक खेलमा सक्रिय उनको आरोप छ । ‘जनताले सरकार छ भन्ने कुराको अनुभुति नै गर्न आज म्म पाएका छैनन, यस्तो गम्भीर अबस्थामा पनि सरकार मौन रहनु दुर्भाग्यपूर्ण छ,’ महामन्त्री डा. कोइरालाले भनेका छन् ।
जटिल परिस्थितिमा फ्रन्टलाईनमा बसी युद्धस्तरमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी लगायतका सम्पूर्णलाई साथ र सहयोग गर्नु सरकारसंगै हरेक नागरिकको दायित्व भएको उनको भनाई छ । यस्तो बेला समेत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने जस्ता कार्यप्रत्रि आफ्नो ध्यानाकर्षण भएको नेता कोइरालाले उल्लेख गरे ।
‘हिजो मात्रै बानेश्वरस्थित स्वास्थ्यकर्मीहरुको निवासमा भएको अमानवीय कार्यप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने– ‘यो अबस्था भनेको स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला हो ।’
स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोग बिना कोभिड १९ विरुद्ध विजय प्राप्त गर्न असम्भव छ रहेको भन्दै महामन्त्री डा. कोइरालाले यो कुरा सरका र आम नागरिकले बुझ्नु जरुरी रहेको बताए । आत्मबल बलियो बनाउँदै सामाजिक दुरी कायम गरि नियमित सरसफाई र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन समेत उनले सबैमा अनुरोध गरेका छन् ।








