कास्कीमा भदाै १२ सम्म निषेधाज्ञा थपियाे

पोखरा । कास्की जिल्लामा लगाइएको निषेधाज्ञा सोमबारदेखि ५ दिनका लागि थपिएको छ । यही भदौ ३ देखि ७ गतेसम्म लगाइएको निषेधाज्ञा थप गरेर १२ गतेसम्म पुर्याइएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयमा कास्कीमा बसेको जिल्ला विपद व्ययवस्थापन समितिको बैठकले निषेधाज्ञालाई ५ दिन थप गरिएको जानकारी दिए ।

कास्कीमा समुदायस्तरमा कोरोना फैलिएपछि भदौ १२ गते शुक्रवार राति १२ बजे सम्म निषेधाज्ञा जारी रहने छ । पोखरा महानगर पालिकाको कोरोना रोकथाम मूल समितिले ३ दिन देखि ५ दिन सम्म पोखरा महानगरमा निषेधाज्ञा थप्नका लागि जिल्ला विपद व्यवस्थापन समितिमा सिफरिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *