अब संक्रमितको ‘रेफर’ कार्य सञ्चालन केन्द्रको निर्देशनपछि मात्रै

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको रेफर स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको निर्देशन तथा समन्वयपछि मात्रै गर्न मिल्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै केन्द्रको निर्देशन तथा समन्वयपछि मात्रै संक्रमितहरुको रेफर गर्न कोभिड १९ को उपचारमा संलग्न सबै अस्पतालहरुलाई भनेको हो ।

“केन्द्रको निर्देशन तथा समन्वयविना संक्रमित रेफर गर्दा बढी नै समस्या देखियो । आइसोलेशनदेखि आइसीयूसम्म अपुग हुने अवस्था पनि आए ।” केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधवप्रसाद लम्सालले मकालु खबरसँग भने, ‘त्यसैले संक्रमितहरुकै लागि भनेर यो गरिएको हो ।’

यस्तै उनले केन्द्रको समन्वयमा मात्रै संक्रमित रेफर गरिए संक्रमितसँगै अस्पताललाई समेत सहज हुने बताए ।

केन्द्रको सूचना यहाँ छः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *