बालिकामाथि जबरजस्ती करणी गर्ने लोकेन्द्र ललितपुरबाट पक्राउ

ललितपुर । एक १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियाेगमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका लोकेन्द्र सिंह भण्डारी बलात्कार अभियाेगमा शनिबार पक्राउ परेका हुन् ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =