प्रदेश १ मा थप १०२ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २,५८९

विराटनगर । प्रदेश १ मा आज (शनिवार) १ सय २ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज ३७ महिला र ६५ पुरुषमा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना पुष्टि भएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला छन् ।

यस्तै सुनसरीको दुहबीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =