नेकपा कार्यदलले बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षद्वलाई प्रतिवेदन बुझाएको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदललेआज (शनिवार) प्रतिवेदन वुझाएको हो । कार्यदलले एक साता लगाएर प्रतिवेदन तयार पारेको थियो ।

शनिवार करिब आठ घण्टा समय लगाएर प्रतिवेदनलाई अन्तिम रुप दिएको र शनिबारै अध्यक्षद्वयलाई बालुवाटामा हस्तान्तरण गरेको समितिका एक सदस्यले बताए ।

प्रतिवेदनमा गरिएको कार्यविभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ । कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ भने दाहालले पार्टीको पूर्ण अधिकार लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ।

यस्तै प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी छ।

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *