विराटनगरमा अवैध भट्टीमा प्रहरीको छापा, ४ हजार लिटर मदिरा नष्ट

विराटनगर । अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा वडा प्रहरी कार्यालय विराटनगरले छापा मारी करिब ४ हजार लिटर मदिरा नष्ट गरेको छ ।

अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना हुनका साथै मानिसको स्वास्थ्यमा नै असर पार्ने भएकाले प्रहरीले शुक्रबार त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो ।

प्रहरीले विराटनगर– १२ स्थित पाथीभरा मार्गका साइमन तामाङले सञ्चालन गर्दै आएको भट्टीमा छापमा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ साथै ४ हजार लिटर मदिरा नष्ट गरेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

डिएसपी गौतमको भनाइअनुसार नियन्त्रणमा लिएको घरेलु मदिरा मानव स्वास्थ्यका लागि हानिकारक रहेको र उत्पादन भएका मदिरा भारततर्फ निर्यात हुने गरेको सुचना पाइएको छ ।

प्रहरीले स्थानीय जनप्रतिधिको रोहवरमा उक्त स्थानमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । नियन्त्रणमा लिएको अन्य मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको डिएसपी गौतमले जानकारी दिए ।

यसअघि पनि वडा प्रहरी कार्यालय (क) ले आफ्नो क्षेत्रमा पर्ने विभिन्न स्थानहरुमा छापा मार्दै अवैधरुपमा सञ्चालनमा ल्याएको मदिरा नियन्त्रणमा लिइ नष्ट गरेका थिए ।

थप तस्वीर हेर्नुस्। तस्वीरः सुजाता लिम्बू, मकालु खबर।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *