एपीएफका थप ३४ खेलाडीमा संक्रमण
२०७७ भदौ ५ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण देखिएको एपीएफ श्रोतले बतायो ।
यसअघि पनि एपीएफका दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कूल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।
२०७७ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








