नेकपा विवाद समाधानतिर, प्रधानमन्त्रीले कार्यशैली सच्याए राजीनामा नदिए पनि हुने

काठमाडौं । करिब चार महिनादेखि चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानतिर गएको छ । पार्टी र सरकार सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखदेखि पार्टी कमिटीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने प्रसंग सकिएसँगै नेकपाको विवाद पनि समाधानको बाटोमा गएको हो ।

बुधबार साँझ एपी वान टेलिभिजनमा प्रसारित द ब्रेभ डेल्टा सो कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिन नपर्ने बताएका थिए ।

आफूहरूले विगतमा पनि राजीनामालाई प्रमुख मुद्दा नबनाएको उल्लेख गर्दै प्रचण्डले विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लैजाने बताएका थिए ।

स्थायी कमिटी बैठकबाटै यसको छिनोफानो हुनुपर्ने पक्षमा उनीहरु रहेपछि प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा साउन १३ गते स्थायी कमिटि बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए ।

साउन २९ गते प्रधानमन्त्री ओली र प्रचण्डबीच ८ दिनपछि बालुवाटारमा भेट भयो । अर्को दिन विवाद समाधानका लागि उनीहरूले ६ सदस्यीय कार्यदल बनाए । कार्यदलले पार्टीको विवाद समाधानका लागि विभिन्न विकल्पमा छलफल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *