पाइलट हुँ भन्दै गहना लुट्ने कागेश्वरी मनाेहरका एक जना पक्राउ

काठमाडौं । पाईलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने मकवानपुर नामटार-२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो ।
सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।








