कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले टेलिभिजन शो ‘ऐना’ चलाउने
२०७७ भदौ ३ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले टेलिभिजन शो ‘ऐना’को होस्ट गर्ने भएका छन् ।
कान्तिपुर टेलिभिजनबाट कात्तिक पहिलो सातादेखि प्रत्येक हप्ता एक घण्टा प्रसारण गर्ने भनिएको ‘ऐना’ कार्यक्रम शर्माले चलाउने भएका हुन् ।
स्रोतका अनुसार उक्त टेलिभिजन शो ‘ऐना’ दी होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्न लागेको हो । २६ श्रृंखलाको कार्यक्रम सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने बताइएको छ ।
तर यसबारे शर्माले भने केही बताएका छैनन् ।
२०७७ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








