रिलायबल चक्र र किमु ब्राण्ड बदाम ड्रिंक्सको माग बढ्दै

विराटनगर । रिलायबल फुड एण्ड बेभरेज प्रालिको उत्पादन रिलायबल चक्र र किमु ब्राण्ड बदाम ड्रिंक्सको नेपालभरी नै माग बढ्न थालेको छ । एनर्जी ड्रिंक्सको मागलाई पूर्ति गर्ने उद्देश्यले ७ महिना अगाडीबाट सञ्चालनमा आएको रिलायवल चक्र र किमु ब्राण्डको बदाम ड्रिंक्सको पछिल्लो समय नेपालभरी नै माग बढ्न थालेको रिलायबल फुड एण्ड बेभरेज प्रालिका सञ्चालक अशोक शाहले बताए ।

शाहका अनुसार नेपाली किसानको गोठमा उत्पादन भएका गाईको दुधलाई खपत गरी गुणस्तरीय रिलायबल चक्र र किमु ब्राण्डको नाममा बदाम ड्रिंक्स उत्पादन गरिएको हो । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै स्थानिय किसानहरुलाई प्रोत्साहन बढाउनका लागि रिलायबल चक्र र किमु ब्राण्ड नामको बदाम ड्रिंक्स उत्पादनमा ल्याएको उनले बताए ।

उनले भने,  ‘हाम्रो नारा नै छ स्वदेशी उत्पादन किसानको शान, शुद्ध गाईको दुग्ध, गुणस्तरीय बदाम । यहि नारा अनुरुप स्वदेशमा नै उत्पादन भएका गुणस्तरीय ड्रिंक्स नेपाल अधिराज्यभरका आम नेपालीले उपभोग गर्न पाउन् भन्ने हाम्रो उद्देश्य हो ।’

दुध, केसर र बदामको मिश्रणबाट तयार पारिएको रिलायबल चक्र र किमु ब्राण्ड बदाम जुसको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमताको विकास हुने भएकाले पछिल्लो समय काेरोना भाईरस कोभिड– १९को महामारीको अवस्थामा पनि उक्त जुसका लागि ग्राहकहरुको माग बढेको शाहले बताए ।

छोटो समय छुट्टै पहिचान राख्न सफल रिलायबल चक्र र किमु ब्राण्ड नामको बदाम ड्रिंक्स बच्चादेखि वृद्धवृद्धाको रोजाईँमा पर्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =