प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिनुपर्छ : अध्यक्ष डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अर्को कार्यकाल पनि घिसिङलाई दिनुपर्ने माग गरेका हुन् ।

वर्तमान सरकारले घिसिङलाई निरन्तरता दिनेमा आशंका व्यक्त गर्दै अध्यक्ष लोहनीले अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनुपर्ने धारणा राखे । ‘कुलमानको कार्य क्षमता अब नेपालमा सबैलाई थाहा छ, उनले यो इज्जत आफ्नो कामबाट कमाएका हुन्’ अध्यक्ष लोहनीले भनेका छन्- ‘अब उनको चार वर्षे कार्यकाल सकिदै छ । बिचौलिया र दलाल-पुँजीवादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन तर, अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनैपर्छ ।’

उनले अब घिसिङलाई थप जिम्मेवारी दिएर निर्देशकको बनाउनुपर्ने शुझाव दिए । आउँदो ४ वर्ष गर्नुपर्ने काम ४ बुँदा अध्यक्ष लोहनीले उल्लेख गरेको छन् । ती बुँदा यस्ता छन्  :-

१. भारतबाट हाल पनि नेपालको कुल खपतको ३० प्रतिशत हाराहारीमा विद्युत आयात हुन्छ, अब अर्को चार बर्षमा नेपाल पूर्ण रुपमा बिद्युतमा आत्मनिर्भर हुनुपर्छ ।

२. कम्पनी राम्रै नाफामा जान थालेको परिवेशमा अब को चार वर्षभित्र थप पुँजी जनताको लागि सेयर बजारमा बेच्ने र प्राधिकरणमा जनताको स्वामित्व कम्तिमा ५० प्रतिशत पुर्याउने ।

३. नयाँ सेयर किन्ने लगानीकर्तालाई कम्तिमा १२ देखि १५ प्रतिशत लगानीमा प्रतिफल शनिश्चित गर्ने ।

४. जल बिद्युत बाहेक अन्य उर्जा श्रोतबाट १० देखि १५ प्रतिशत बिद्युत उत्पादन गर्ने ।

https://www.facebook.com/prakash.lohani.14/posts/3588861081133404

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =