महेन्द्र बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

धरान । धरानको एक क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा यसअघि प्राध्यापकले तालाबन्दी गरेको थियो ।

त्यहाँ फेरि नेविसंघले पनि तालाबन्दी गरेको नेविसंघका सुनसरी क्षेत्र नं. १ सचिव विनोद आले मगरले जानकारी दिए । मगरका अनुसार देशभरी विरोध प्रदर्शन र तालाबन्दी कार्यक्रम अन्तर्गत सोमबार धरानका सबै कलेजमा ताला लगाइएको हो ।

धरानका हात्तिसार, इन्जिनियरिङ, पिण्डेश्वरी क्याम्पस लगायतमा पनि ताला लगाइएको उनले बताए । नेविसंघले हकहितका सम्बन्धमा उठाएका मागहरू सम्बन्धमा त्रिवि पदाधिकारीहरूसँग वार्ताको पहल गर्न जाँदै गर्दा विद्यार्थी नेताहरू पक्राउको विरोधमा तालाबन्दी गरिएको उनले जानकारी दिए ।

यस्तै, वीरगन्जमा कोरोना संक्रमितको उपचारमा भएको लापरवाहीविरुद्ध संक्रमणकै कारणबाट मृत्यु भएकालाई क्षतिपुर्ति र नियमित स्वास्थ्य सेवा सुचारुको माग राख्दा पक्राउ परेका विकास तिवारीलाई रिहा गर्नुको सट्टा झुटो मुद्दा लगाई फँसाएको नेविसंघको आरोप छ । उनले आज धरानको भानुचोकमा १० जना उभिएर सांकेतिक विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए ।

विद्यार्थी हकहित र विश्वविद्यालयको प्राज्ञिक स्तरोन्नतिका लागि नेविसंघले गरेको शान्तिपुर्ण आन्दोलनमा सरकारले गरेको दमनप्रति नेविसंघ केन्द्रीय समितिले भर्त्सना जनाएको हो । लोकतान्त्रिक पद्धतिभित्र रहेर गरेको शान्तिपूर्ण प्रदर्शनकमा क्रममा गिरफतार गरिएको नेविसंघको ठहर छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोडको आरोपमा सम्झना खत्री, संजय चौधरी, हरीप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुवँर, बिष्णु बडैला, मनोज कुवँर लगायत पक्राउ परेका छन् । विद्यार्थीहरुको तुरुन्त रिहाइको माग नेविसंघले गरेको छ ।

विद्यार्थीहरुलाई अविलम्ब रिहाइ नगरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यसअघि नेविसंघले उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =