प्रदेश १ मा मात्रै २ हजार ९२ जनामा कोरोना सङ्क्रमण, आज थपिए ८३ जना, २४ जना डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ मा आज (सोमबार) ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा आज २९ जना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोसी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९२ पुगेको छ ।

आज नै २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डी गढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *