नेपाल-भारत ‘भर्च्यूअल’ बैठक : परियोजनाको प्रगतिबारे समीक्षा
२०७७ भदौ १ गते

नेपालभारतबीचको भर्च्यूअल बैठक। तस्वीरः भारतीय राजदूत क्वात्राको ट्वीटरबाट।
काठमाडौं । नेपाल–भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक सोमबार (आज) बसेको छ ।
कोरोना महामारीका कारण बैठक भर्च्यूअल गरिएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकर दास वैरागीले गरेका थिए भने भारत तर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वत्राले गरेका थिए ।
नेपाल–भारत ओभरसाइट मेकानिजमको भर्च्यूअल बैठकमा दुवै पक्षबाट भारतको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाको प्रगतिबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सीमा विवादका कारण नेपाल र भारतबीच लामो समय सम्वाद हुन नसकिरहेका बेला नेपाल–ओभरसाइट मेकानिजमको आठौं बैठक हुनुलाई महत्वपूर्ण मानिएको छ ।
द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर यो संयन्त्र सन् २०१६ मा गठन गरिएको थियो ।
२०७७ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








