शेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो

काठमाडौँ । शेयर बजार आज दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन हिजो १७.३३ अंकले घटेको शेयर दोश्रो दिन आज शेयर बजार दोहोरो अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार १०.७५ प्रतिशतले बढेको छ । ०.७७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १४०२.२१ अंकमा पुगेको छ ।

आज १८४ कम्पनीका ३५ लाख ९१ हजार ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपियाँ बराबरको कारोबार भएको छ । बजार बढेको दिन आज जलविद्युत समूह राताम्मे भयो भने बाँकी सबै समूहमा हरियाली छायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *