महिना दिनपछि जुटे नेकपा सचिवालयका नेताहरु, के होला सहमति ?

काठमाडौं । सत्तारुढ नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी छ ।

नेकपाभित्र चुलिएको किचलो मत्थर हुँदै जाँदा गत ४ श्रावणपछि सचिवालय बैठक सोमबार (आज) बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक १० बजे शुरु भएको छ ।

दुई दिनअघि अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीलाई एक बनाएर लैजाने समझदारी गर्दै सहमतिको खाका तयार गर्न महासचिव विष्णु पौडेल संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

अहिले बैठकमा सहमतिको प्रस्ताव र कार्यदलमाथि नै छलफल भइरहेको बुझिएको छ । बैठकमा सबै सचिवालय सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =