मिडियाले मन्त्रिमण्डल पुनर्गठन गरिसके : सूर्य थापा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिमण्डल पुनर्गठनको एजेण्डा अहिले नआएको बताएका छन् ।

६ सदस्यीय नेकपा कार्यदलको गठनसँगै कतिपय मिडियाहरुले आफैँले मन्त्रिमण्डल गठन गरिसकेको बताउँदै थापाले उक्त एजेण्डा अहिले नआएको बताए । यस्तै उनले पहिले ६ सदस्यीय कार्यदललाई काम गर्न दिनुपर्नेसमेत बताए ।

“अहिले यो एजेण्डा छैन । विशेषगरी अनलाइन मिडियाहरुले त हिजैदेखि नै मन्त्रिमण्डल पुनर्गठन गरिसके ।”मकालु खबरसँगको कुराकानीको क्रममा थापाले भने, ‘अहिलेको एजेण्डा यो छैन ।’

यद्यपि उनले छनक भने दिए । उनले थपे, ‘पहिले ६ सदस्यीय कार्यदललाई काम गर्न दिनुस् । त्यसपछि पुनर्गठन गरे पनि गरौंला । जे गर्ने त्यसपछि हुन्छ । अहिल्यै नै चाहिँ यो एजेण्डा छैन ।

गत शुक्रबारको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिमा नेकपा शीर्ष तहमा देखिएको विवाद सुल्झाउन सुझाव पेश गर्ने गरी महासविच विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको पहिलो बैठक शनिबार (हिजो) बसिसकेको छ । यद्यपि पनि यता वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल बनाउने निर्णय नेकपा सचिवालयले गर्नुपर्ने माग गरिरहेका छन् ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अर्का अध्यक्ष प्रचण्डसँग शिर्षस्थ नेताहरुको मागका कारण चर्किएको नेकपाको आन्तरिक किचलो अहिले ६ सदस्यीय कार्यदलमा आएको अडिएको छ ।

कार्यदलको गठनपछि मन्त्रिमण्डल पुनर्गठन हुनेबारे भित्री तयारी भइरहेको भनेर विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सम्प्रेषण भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *