६ सदस्यीय कार्यदल बनाउने निर्णय सचिवालयले गर्नुपर्ने माग

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद सुझाउन पेश गर्ने गरी बनाइएको ६ सदस्यीय नेकपा कार्यदल बनाउने निर्णय सचिवालय बैठकले गर्नुपर्ने माग उठेको छ ।

गत शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलको गठन सचिवालय बैठकले गर्नुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

कमिटी बैठकले नबनाएका कार्यदलको अर्थ नहुने भन्दै सचिवायल बैठक जरूरी रहेको एक सचिवालय सदस्यले बताए । कार्यदल बन्नु सकारात्मक भए पनि प्रक्रिया नपुगेकाले सचिवालय बैठक जरूरी रहेको उनले बताए ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जानर्दन शर्मा, पम्फा भुषाल र भीम रावल छन् ।

कार्यदलको पहिलो बैठकसमेत बसिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =