कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो : स्वास्थ्य मन्त्रालय
२०७७ साउन ३१ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, पर्सा र धनुषाका एक/एक जना गरी तीन जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरे ।
कपिलवस्तुको ४० वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष तथा धनुषाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








