बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नंं ७ घर भएका ४२ वर्षीय पुरुषको आइसीयूमा राखेर उपचार गरिएको समयमा शनिबार (आज) मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकको शुरुको रिपोर्ट नेगेटिभ आएको भए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।

उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो । उनलाई तीन दिनअगाडि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *