नवगठित नेकपा कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको नवगठित कार्यदलको बैठक शनिबार (आज) दिउँसो बस्दैछ ।

कार्यदलका एक सदस्यकाअुनसार बैठक आज बस्ने भए पनि स्थान तय भने भइसकेको छैन । यद्यपि पनि बैठक संयोजक महासचिव विष्णु पौडेलको निवास भैंसेपाटीमा बस्ने सम्भावना छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्तामा सहमति नजुटेपछि शुक्रबार (हिजो) समाधानको सुझाव पेश गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

नेकपा महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

महासचिव पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ । यस भन्दा अगाडि हिजो नै संयोजक पौडेलले आजैदेखि काम थाल्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =