‘भारत एकैपटक तीन थरिका खोप बनाउँदैछ’

एजेन्सी । प्रधानमन्त्री मोदीले भारतले एकैपटक तीन थरिका खोपहरु बनाउँदै गरेको जानकारी दिएका छन् ।

“भारत एक होइन तीन/तीन थरिका भ्याक्सिन बनाउँदै छ र त्यसको अलगअलग चरणमा परीक्षण चलिरहेको छ । एकपटक त्यसले स्वीकृति पाउनेबित्तिकै हामी व्यापक रूपमा उत्पादन गर्न थाल्नेछौं ।’’ भारतीय प्रधानमन्त्रीले भनेका छन् ।

शनिबार (आज) भारतको स्वतन्त्रता दिवसका उपलक्ष्यमा सम्बोधन गरेका प्रधानमन्त्री मोदीले यस्तो जानकारी गराएका हुन् ।नयाँ दिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै उनले नेसनल डिजिटल हेल्थ मिसन शुरू गर्ने पनि जानकारी दिए ।

सबै नागरिकलाई एक हेल्थ आईडी दिइने र त्यसमा स्वास्थ्यसँग जोडिएका सबै सूचना राखिने पनि उनले बताए । ‘‘कोरोनालाई लिएर सबै नागरिकमा चिन्ता छ । सबै यो जान्न चाहन्छन् कि, त्यसको भ्याक्सिन कहिले आउँछ ।’ नले भनेका छन् ।

कोरोना संक्रमणबारे भारत चिन्तित रहेको पनि उनले बताए ।बीबीसीबाट–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *