गण्डकी प्रदेशमा थप १० कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा आज थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा १० जनामा कोरोना देखिएको हो ।

नयाँ संक्रमितमा तनहुँका २ जना, कास्कीका ३ जना, बाग्लुङक ३ जना, गोरखा, स्याङजा र नवलपरासी पूर्वका एक एक जना छन् । नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६८२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *