५५ वर्षिय महिलालाई यौन दुर्व्यहारको आरोपमा युवा पक्राउ

धरान । एक ५५ वर्षिय महिलालाई यौन दुर्व्यहार गरेको आरोपमा धरानमा एक युवा पक्राउ परेका छन् । बिहिबार विहान ११ बजे धरान १७ स्थित उदय सामुदायिक वन उपभोक्ता समुह छेउमा ५५ वर्षिय महिलालाई यौन दुर्व्यहार गरेको आरोपमा ३३ वर्षिय टेककुमार राजधामीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

यद्यपि, उनलाई पक्राउ गरीएको प्रहरीले खुलाएको छैन । पिडीत महिलाको उजुरीको आधारमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।

ती ५५ वर्षिय महिला दिउसो सामुदायिक वनमा निगुरो टिप्न जाँदा एकान्त स्थलमा ती युवाले महिला माथि यौन दुर्व्यहार गरेको आरोप छ । पिडीत महिला र उनकी छोरी निगुरो टिप्न गएका थिए । महिलाकी छोरीको भनाई अनुसार आमाछोरी जंगल गइरहेको बेला ती युवाले छोरी अलिक अगाडी गएपछि महिलामाथि दुर्व्यहार गरेका हुन् ।

ती युवा महिलाकै छिमेकी हुन् । ‘आमा र म जंगल जाँदै थियौं, म अगाडी थिए, आमा अलिक पछाडी हुनुहुन्थ्यो, उसले आमालाई घारीमा लडाएर जवरजस्ती गर्दै रहेछ । आमा कराएपछि म फर्केर आउँदा भागी हाल्यो ।’ पिडीत महिलाकी छोरीले भनिन् ।

सो क्रममा ती युवाले महिलाले लगाएको गरगहना समेत लुटेको पिडीत महिलाले बताइन् । इलाका प्रहरी कार्यालयका डीएसपीसँग जानकारी लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =