कामना सेवा र डा.सन्चो क्लिनिकबीच सम्झौता

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेड र डा.सन्चो क्लिनिक प्रा.लि. बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने/दिने सम्बन्धी सम्झौता भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको मनोबल बढाउन साे सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृ प्रविण बस्नेतले बताए ।

अब कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरि सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *