लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडाैं । रामेछापकाे लिखु तामाकाेशी गाउँपालिकाका अध्यक्ष गाेविन्द खड्का पक्राउ परेका छन् ।

अपहरण तथा शरीर बन्धक गरेकाे अभियाेगमा अध्यक्ष खड्का शुक्रबार मन्थलीबाट पक्राउ परेका हुन् ।

तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका खड्कामाथि उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप छ ।

हाल उनलाई सत्तारूढ नेकपाले निलम्बन गरेको छ । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य समेत रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =