कोरोनाको कारणले बैंकहरुको नाफा घट्यो, कुन बैंकले कति नाफा कमाए ?

काठमाडौं । कोरोनाकालमा प्रायः धेरै क्षेत्रहरु बन्द भए पनि बैंकहरुले भने निरन्तर सेवा सञ्चालन गरिरहे । यद्यपि बैंकमा कोरोनाको प्रभाव नै नदेखिएको भने होइन । यसकै कारण गत आर्थिक वर्ष २०७६र०७७ मा अघिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ ।

विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले पनि देशव्यापी रुपमा चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउनसँगै देशको अर्थतन्त्रमा पनि असर परेको छ । कोरोनाको कारणले बैंकको नाफामा पनि गिरावट ल्याएको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये केहीले नाफा बढाए पनि अधिकांशको नाफा घटेको छ ।

प्राइम कमर्सियल बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा ४.२७८ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

एनएमबि बैंकले आर्थिक वर्ष २०७६\७७ मा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १ करोड ३३ लाख रुपैयाँले बढी हो । वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ छ ।

सनराइज बैंकले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । सो बैंकको पनि नाफा घटेको हो । बैंकको वितरण योग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ छ ।

नविल बैंकले गत आर्थिक वर्ष २०७६\७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष कोरोनो भाइरसको कारणले उद्योग, व्यापार, व्यवसाय प्रभावित हुँदा नाफामा कमि आएको हो । अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशत नाफा घटेको छ ।

गत आर्थिक वर्ष २०७६\०७७ मा जनता बैंक प्राप्ती गरेर मर्ज गरेको ग्लोबल आइएमई बैंकले ३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ७५ करोड रुपैयाँ थियो ।

नेपाल बंगलादेश बैंकको नाफा पनि घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २१.६२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६\७७ मा २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २२ करोड १२ लाख रुपैयाँले कम हो ।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा सो बैंकले ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको नाफा नि घटेको छ ।

लक्ष्मी बैंकले गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको वितरण योग्य नाफा १ अर्ब १२ थियो ।

सेञ्चुरी बैंकले ९० करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकको नाफमा केही बृद्धि भएको छ । अघिल्लो वर्ष ६७ करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनआइसी एशिया बैंकले पनि नाफामा बृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३.२५ प्रतिशतले नाफा बढाएको हो । सो बैंकले ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । त्यसमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । यस बैकको पनि नाफा घटेको छ । कोरोनाका कराण बैंकको नाफा अघिल्लो वर्षको तुलनामा नाफा १८.२६ प्रतिशतले गिरावट आएको छ ।

इन्भेष्टमेन्ट बैंकको कोरोनाको असरले नाफा घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ३२ करोड रुपैयाँ थियो ।

सानिमा बैंकले गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा १ अर्ब ७० करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । यस बैंकको पनि नाफा घटेको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेको थियो । सो बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा १८.५१ प्रतिशतले कम हो ।

कुमारी बैंकले गतवर्ष १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । वितरणयोग्य नाफा ७१ करोड २८ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । यस बैंकको पनि नाफा घटेको छ ।

माछापुच्छ्रे बैंकले गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । यस बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६\०७७ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा सिटिजन्स बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस बैंकको पनि नाफा घटेको छ । बैंकको यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २३.७३ प्रतिशत कम हो ।

सिभिल बैंकले गत आर्थिक वर्षमा ४५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । सो बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३५.३९ प्रतिशतले कम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *